Shares
President of Nepali Congress Sher Bahadur Deuba has hinted at not stepping down from his post immediately.
Delivering his eight-point written address in the Central Working Committee (CWC) meeting of the party in Sanepa on Tuesday, Deuba said he will hand over the party leadership only through the 15the General Convention.
"The head of a house will not remain the same forever. I will hand over the leadership through the 15th General Convention of the Party," said Deuba.

Meanwhile, Deuba has entrusted Vice President Purna Bahadur Khadka with the responsibility of an acting President of the party.
Inaugurating the CWC meeting, Deuba, who made himself public for the first time today following the Gen Z movement, assigned Khadka as the acting President.
"I have assigned Vice President Sher Bahadur Deuba as the acting President due to my health condition. I am confident that he will perform his duties in the best interest of the party," said Deuba.
President Deuba and his wife have become public for the first time following the Gen Z movement. They have reached the Central Party Office in Sanepa to take part in the CWC meeting scheduled for today.

Deuba couple were badly assaulted by protestors and their house based in Bhudhanilkantha was set ablaze during the Gen Z movement on September 9. The central party office in Sanepa was also burned down. Deuba's health condition is gradually recuperating.
There is a growing demand within Nepali Congress calling for a leadership transfer. General Secretaries Gagan Thapa and Bishwa Prakash Sharma are demanding a Special General Convention while the establishment faction is for the regular General Convention.
Gagan faction has already submitted 51 percent of signatures of General Convention representatives to push for a Special General Convention.










President Deuba's 8-point address in Nepali
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्य साथीहरु,
म यो बैठकमा सबै साथीहरुलाई हार्दिक स्वागत गर्दछु।
मुलुकको यो विषम अवस्थामा आज हामी जेनजीको नाममा अपराधिक समूहहरुले तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको हाम्रो केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा वैठक बसिरहेका छौ।
यसले पक्कै पनि हामी सवैलाई स्तव्ध बनाएको छ। म सबैभन्दा पहिले भाद्र २३ र २४ गतेको घटनामा परि ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनामा घाइेत हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु।
१. गत भाद्र २३ गते जेनजीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कैं रुप लियो निर्दोश नवयुवकहरुको ज्यान गयो।यस घटनाले म हामी सबैलाई अत्याद्दत मर्माहित बनाएको छ।
भदौ२४ गते विहानैदेखि सरकारी कार्यालय, प्रहरी कार्यालय, राजनैतिक दलका कार्यालयहरु, लोकतन्त्रवादी राजनैतिक दलका नेताहरुको नीजि घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ।
हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेता साथीहरुको नीजि घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ। नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी वनाइएको खवरले झन मर्माहत भएको छु। त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ।यी दुवै दिनका घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्यान माग गर्दछु।
भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई यस बैठक मार्फत हार्दिक धन्यवाद दिन चाहान्छु। त्यो प्रतिकुल समयमा उहाँको बढो परिपक्क भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ।
२. जेनजीले देशमा सुशासन र भ्रष्ट्राचार मुक्त वातावर० सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्वोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्वोधन गर्नै पर्छ।यस विषयमा पनि यो बैठकमा छलफल हुनेनै छ।
तर यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आईरहेका तथ्यहरुले पुष्ठि गर्न थालेका छन्। यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ।यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुको सर्वपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोवल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ।
साथीहरु,
३. विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबै भन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको छ।
देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गरेन। जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरी रह्यो।
लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन हुन् नेपाली कांग्रेसले ठिक राष्ट्रिय एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्याएको छ।
अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहदा देश भित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र छिमेकी मुलुक सहित सबैका आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु। त्यसैले पनि हामीले समसायिक राजनीतिको सहि विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ। यस बैठकबाट हामीले नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ। विद्यमान अवस्थामा मुख्य रुपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नु पर्ने छ।
साथीहरु,
४. नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्दमान व्यक्तिगत वा समुहगत मतभेद, द्वन्द्व असहमित सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकतावद्व हुनु पर्दछ। अहिले हामीबीच व्यक्तिगत वा समुहगत रुची अरुची हित अहित वा लाभहानी सबै विषय गौण हुन्। म सबै साथिहरुलाई आग्रह गर्न चाहन्छु, विषयवस्तुमा व्यापक छलफल गरौं एकमतका साथ निरणयमा पुगौं र ठोश ढंगले निर्णयको कार्यन्वयन गरौं ।
५. पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्। म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने -घरमा सधैं एकै जना मुली रहँदैन- पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ- मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन।
६. देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ।
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ। जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ।तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचन पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी छैन । सुरक्षा निकायको मनोवल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावर०मा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मेवारी सरकारको हो। यस तर्फ सरकारको ध्यान जाओस्। सरकारले निर्वाचनको लागि वातावर० बनाउन सकेमा देशलाई पुन संवैधानिक बाटोमा फर्काउ आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजना बारे छलफल गर्न आवश्यक छ।मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको ईतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौं।
साथीहरु,
७. तपाईहरुलाई थाहानै छ म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि जीवन पर्यन्त संघर्ष गरेको व्यत्ति हूँ । म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन।धेरै खालका दुख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ।सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन। मन, वचन र कर्ममा एकै उद्देश्य थियो- राष्ट्र, राष्ट्रियता र लोकतन्त्र।
मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ। मैले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको छु। देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु। मैले सदैव साथीहरुबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु। साथीहरुकाप्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ।
मैले नेपाली कांग्रेसलाई सधै सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयाश गरे। चाहे पार्टी भित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाए। म यस काममा गर्व पनि गर्न चाहान्छु।
मैले छोटो छोटो समयका लागि भएपनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हदा करिव एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईहरुलाई अवगत नै छ।
सामाजिक कुरितिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्त्रणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ। नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुदा भ्रष्ट्राचार निवारण एन २०५९ जारी गरेको हुँ। नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर बैज्ञानिक भूमिसुधार लागु गरेको हुँ। यसैको जगमा अहिले हदवन्दी लागु हुनुका साथै भूमिमाथिको द्वैध स्वामित्व अन्त्य भएको हो।
सम्पत्तीमा महिलाहरुको स्वामित्व स्थापित गर्न मैले मुलुकी एनको ११औं संशोधन गरेर पैतृक सम्पत्तीमाथि महिला र पुरुषको हक स्थापित गरेको हुँ।दलित, महिला, जनजाति लगायतका सिमान्तकृत समुदायको उत्थानका लागि आयोग नै बनाएर संरचनागत सुधार गरेको छु।
मुलुकको आर्थिक रुपान्त्रणामा डिपार्चरको रुपमा रहेको मुल्य अभिवृद्दि कर लागु गरेर कर प्रणालीलाई बैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्व कालमा सुरु भएको हो । प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा केही कमिकमजोरी पनि भए होला तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाइ केन्द्रमा राखेर नै काम गरे। केन्द्रीय कार्यसमितिका निर्णायहरु सबै सर्वसम्मत भएका छन्। सरकारमा हुदा भएका पदिय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन्। सकभर सबै साथिहरुलाई पार्टीको निर्णय प्रक्रियामा सहभागि गराएको छु।
८. गत भद्द २४ गते सिंगो मुलूक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो।घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौको अथक प्रयाश पछि हामीलाई उद्दार गरिएको थियो। म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नु पर्यो तपाईहरु जानकार नै हुनुहुन्छ।त्यतिले नपुगेर हाम्रव प्रतिष्ठा र छवि गिराउन सुनियोजित रुपमा झुटा प्रचार गरियो।
तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो वैठकमा आएर बैठक संचालन गर्न पाएको छु। मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ।
यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।
म यो बैठकबाट आक्रमणकारीहरुको कव्जावाट हामीलाई बचाउँने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सवैलाई हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु।
हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने छ भन्ने मेरो विश्वास छ। नेपाली कांग्रेसको आफुलाई एकताबद्द बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ।
राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्दती गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कामय राख्नु परेको छ। यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५औ महिधवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ। देशमा विद्दमान राजनीतिक परिस्थितिकव मुल्याङकन गरी निकासमा लागि अवस्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता संवाद गर्नुछ।
मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिका रुपमा काम गर्नेगरी तोकेको छु। उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ।
जय नेपाल !
Shares
.